२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

चार मन्त्रीको नाम टुंगो लाग्यो, आजै शपथ ग्रहण हुने 

९ कात्तिक, काठमाडौं ।प्रधानमन्त्री सुशील कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन्। चार जना मन्त्रीको नाम तय भएको छ । उनीहरुको आजै शपथ ग्रहणको तयारी छ ।

डा.सुधा शर्मा गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने भएकी छन्। गणपतिलाल श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र खगेन्द्र सुनार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने भएका छन्।

त्यस्तै बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री बन्न लागेको स्रोतले जानकारी दिएको छ।

चारै जना मन्त्रीको आजै शपथ ग्रहण हुने  स्रोतले जानकारी दियो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्न लागेका गणपतिलाल श्रेष्ठ सम्पदा अभियानी हुन्। उनी लामो समयदेखि काठमाडौं उपत्यकालगायत सांस्कृतिक क्षेत्रहरूको मौलिक सम्पदाहरूको संरक्षण, सम्बर्द्धन र जगेर्नाका क्षेत्रमा क्रियाशील रहँदै आएका छन्।

खगेन्द्र सुनार अभियानी हुन्। उनी विशेष गरेर दलित हकहित र अधिकारका क्षेत्रमा क्रियाशील छन्। छुवाछूतजस्ता सामाजिक कुप्रथाका विरूद्ध पैरवी गरिरहेका सुनार माइतीघर मण्डलमा नेलसहित प्रदर्शन गरेर चर्चामा आएका थिए। त्यतिबेला उनको ‘दलितलाई खै’ भन्ने अभियान चर्चामा थियो।

बब्लु गुप्ता पनि अभियानी नै हुन्। उनी परोपकारी संस्था १०० ग्रुपका संस्थापक हुन्।

त्यस्तै, स्वास्थ्य मन्त्री बन्न लागेकी डा.शर्मा योग्यताले प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुन्। उनले २०६५ साल असोजदेखि २०६८ मंसिरसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत सचिवको कार्यभार सम्हालेकी थिइन्।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com