२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

संस्थापन र गगन थापा समूहबीच कुरा नमिल्दा शेखरले बढाए सक्रियता

काठमाडौं,। नेपाली कांग्रेसका प्रभावशाली नेता डा: शेखर कोइरालाले सक्रियता बढाएका छन् । पार्टीको १५औं महाधिवेशनको कार्यतालिकालाई लिएर संस्थापन र गगन थापा समूहबीच कुरा नमिल्दा शेखरले सक्रियता बढाएका हुन् ।

उनले आफूनिकट केन्द्रीय सदस्यहरू, काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरू र पूर्वजिल्ला सभापतिहरूसँग आज छलफल गरेका छन् । कोइरालाको विशालनगरमा रहेको सम्पर्क कार्यालयमा छलफल भएको हो ।

हिजो संस्थापन पक्षधरहरुले बत्तिसपुतलीमा छुट्टै भेला आयोजना गरेका थिए । महामन्त्री गगन थापाले पार्टीको १५औं महाविवेशन आगामी पुष १६ गतेबाट सुरु गर्नेगरि प्रस्ताव गरेका छन् ।

उता, शेरबहादुर देउवानिकट सहमहामन्त्री महेन्द्र यादवले भने ०८३ को बैशाख अन्तिममा गर्नेगरि अर्को मिति प्रस्ताव गरेका छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com