सरकार चुनावको वातावरण बनाउनमा केन्द्रित छ- गृहमन्त्री ओमप्रकाश अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी विद्रोहपछि स्थिति सामान्य बनाउँदै सरकार चुनावमा केन्द्रित भएको बताएका छन्। निर्वाचनको सुरक्षाबारे संसदीय समितिमा छलफलमा बोल्दै यो सरकार गठन नै चुनाव गर्नको लागि बनेको बताए।
उनले भने, ‘सुशासन दिन नसके विद्रोह हुने रहेछ भन्ने प्रस्टसँग देखिएको छ। सुशासन सरकारको नियमित र उच्च प्राथमिकताको काम हो भन्ने हामीले बुझेका छौँ। सुशासन दिन नसक्दा विद्रोह हुने देखिसकेका छौँ। सुशासनको मामिलामा सचेत छौँ। माग सम्बोधन गर्छौँ।’
जेनजी आन्दोलनबारे उच्चस्तरीय छानबिन समितिले अध्ययन गरिरहेको भन्दै शहीदको सपनाभन्दा आफूहरू बाहिर नजाने बताए।



