२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

रास्वपा परित्याग गरेका सन्तोष परियार माओवादी केन्द्रका नेता जनार्दन शर्माको टिमसँग जोडिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )परित्याग गरेका सन्तोष परियार माओवादी केन्द्रका नेता जनार्दन शर्माको टिमसँग जोडिएका छन् । दल दर्ताको तयारीसमेत गरिएको छ ।

जनार्दन र सुदन किराँती लगायत माओवादीबाट नेपाली कम्युनिष्ट पार्टीमा नगएका नेताहरूले नयाँ दल खोल्न लागेका हुन् । यस दलमा सन्तोष परियार पनि महत्त्वपूर्ण जिम्मेवारीमा रहनेछन् ।

माओवादी केन्द्र विघटनपछि जनार्दनले प्रगतिशील अभियान नेपालको घोषणा गरेका थिए । यो अभियानमा माओवादीका सुदन किराँती, राम कार्की लगायत नेताहरू छन् । यो टिमसँग विवेकशील पार्टीकी रञ्जु दर्शना पनि संवादमा छिन् । यस्तै, डा। बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई पनि जोडिनसक्ने बुझिएको छ ।

स्रोतका अनुसार परियार केही समयदेखि जनार्दनको टिमसँग संवादमा थिए । रास्वपामा सीमित नेताहरूलाई उनी पार्टी छोड्दैछन् भन्ने थाहा थियो । अरूका लागि भने परियारको निर्णय सरप्राइजका रूपमा आएको छ ।

परियारले आफ्नो राजीनामा पत्रमा पार्टीप्रति कुनै असन्तुष्टि पोखेका छैनन् । ‘नयाँ अभियान सुरु गर्नुपर्ने भएकाले’ आफू रास्वपामा रहन नसक्ने उनको राजीनामा पत्रमा उल्लेख छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com