नेपाली कांग्रेसको कार्यसम्पादन समितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले कार्य सम्पादन समितिको आकस्मिक बैठक बोलाएको छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आव्हानमा विशेष महाधिवेशनको तयारी भइरहँदा कार्यसम्पादन समितिको बैठक राखिएको हो ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज अपरान्ह ४ बजे सानेपास्थित पार्टी मुख्यालयमा बैठक बस्नेछ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई खबर गरिएको छ ।



