२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

चुनाव अगाडि गठबन्धन गरेर ठगबन्धन गर्दै राज्य सत्ता हत्याउने अभियानकोअन्त्य गर्छौ :रवि लामिछाने

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले  चितवनमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै चुनाव भन्दा अगाडि गठबन्धन गरेर ठगबन्धन गर्दै राज्य सत्ता हत्याउने अभियानलाई अन्त्य गर्ने बताएका छन् ।

उनले भने, ‘सभापति र अध्यक्ष एक एक वटा गर्दै कार्यकाल बाँड्दै, दुइटा कुर्सी छेउमा राख्ने युगलाई अन्त्य गर्ने हो । एउटा पार्टीले अर्का पार्टीका लागि भोट माग्ने युगको अन्त्य गर्ने हो । चुनाव भन्दा अगाडि गठबन्धन गरेर ठगबन्धन गर्दै राज्य सत्ता हत्याउने यो अभियानलाई बन्द गर्ने हो, यो युगलाई अन्त्य गर्ने हो ।’

पाँच वर्षको स्थायी सरकार बनाएर कहीँ कतै भागबन्डा नगरीकन पार्टीलाई बलियो बनाउने र देशलाई समृद्ध बनाउने अभियानमा अघि बढेको बताए ।

उनले भने, ‘हामीले एकसेएक उम्मेदवारहरू लिएर अगाडि बढ्नु पर्ने छ । म रास्वपा परिवारमा जोडिएका साथीहरूलाई बताउन चाहन्छु, हामीले सबै तहमा ध्यान दिनुपर्ने छ । रास्वपामा जोडिने बित्तिकै म उम्मेदवार हुँ भन्दै घोषणा गर्दै हिँड्ने कामलाई हामीले बन्द गर्नुपर्छ, अब अनुशासित भएर अगाडि लाग्नुपर्छ साथी हो। राष्ट्रको आवश्यकता अनुसार हामीले यस पटक उम्मेदवार छान्नमा गल्ती गरेनौँ भने रास्वपाले एक सिट हार्दैन ।’

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com