२०८३ जेष्ठ १२ - Tue May, 2026 -

Janasewa News

देश बिकाउने कुराले मात्रै चल्दैन, देश यस्तै नबिक्ने कुराले चल्छ-गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले घृणाको भाषा बोल्नेकै पक्षमा सामाजिक सञ्जाल हुने बताउँदै त्यसलाई आफूले अस्वभाविक नलिएको टिप्पणी गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा थापाले यस्तो टिप्पणी गरेका हुन् ।

‘कोलाहाल छ बाहिर, ठूलो हल्ला छ । सामाजिक सञ्जालमा हल्ला छ । त्यो सञ्जालको हल्लालाई म अस्वभाविक मान्दिन,’ थापाले भने, ‘संसारभरी सामाजिक सञ्जाल कसको पक्षमा हुन्छ रु जसले घृणाको भाषा बोल्छ । म यहाँ अहिले उभिएर कसैलाई एक मिनेट गाली गरेँ भनेँ बेलुका म भाइरल हुन्छ ।’

आफूले मिलाउने कुरा गरिरहेको भन्दै यस्तो भाषा कसैलाई पनि मन नपर्ने उनको भनाइ थियो ।

‘आज मैले यहाँ बोलिरहेको भाषा मिडियाका साथीहरूलाई पनि मन पर्दैन । किनकी म सफ्ट बोलिरहेको छु, मिलाउने कुरा गरिरहेको छु । यो बिक्दैन,’ उनले भने, ‘तर देश बिकाउने कुराले मात्रै चल्दैन । देश यस्तै नबिक्ने कुराले चल्छ ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com