टिकटकर तथा युट्युबर रतन कार्की प्रहरीकाे नियन्त्रणमा

चितवन । टिकटकर तथा युट्युबर रतन कार्कीलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी रविन्द्र खनालका अनुसार मौन अवधिका उम्मेदवारको प्रचार गरेर भिडियो पोष्ट गरेका कारण प्रहरीले नियन्त्रणमा लिएको हो ।
डिएसपी खनालले मौन अवधिमा विभिन्न राजनीतिक दलका उम्मेदवारको भिडियो पोष्ट गरेको जानकारी आएपछि प्रहरीले सम्पर्क गरि कार्कीलाई कार्यालयमा उपस्थित गराएको हो ।
‘मौन अवधिमा भिडियो पोष्ट गरेपछि सोधपुछका लागि हामीले बोलाएका हौँ’, डिएसपी खनालले बताए ।
टिकटकर कार्की जापान बस्दथे । उनी केही दिनयता नेपाल फर्किएर चुनावी माहौलको भिडियो बनाएर टिकटक तथा फेसबुक लगायतका सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।



