२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै यातायातको भाडा तत्काल बढाउन यातायात व्यवसायीको माग

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिसँगै सार्वजनिक यातायातको भाडा तत्काल समायोजन गर्न सरकारसँग माग गरेको छ ।

नेपाल आयल निगमले गएरातिबाट लागू हुने गरी डिजेलमा प्रतिलिटर १० र पेट्रोलमा १५ रूपैयाँ मूल्यवृद्धि गरेको थियो । महासंघका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति निकाल्दै एकाएक भारी मूल्यवृद्धिले यातायात व्यवसायी र उपभोक्ता दुवैलाई प्रत्यक्ष मार परेको उल्लेख छ विज्ञप्तिमा भनिएको छ, ‘पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा स्वचालित प्रणालीबाट मूल्य समायोजन हुँदै आएको भए पनि विगत

२०८१/९ /२२ गतेदेखि भाडा समायोजन भएको छैन । हाल भएको उच्च मूल्यवृद्धिले व्यवसायीहरूलाई सेवा सञ्चालन गर्न कठिन भएको छ ।’

महासंघले वैज्ञानिक विधिको आधारमा भाडा समायोजन अनुसार वृद्धि गर्न माग गरेको छ । सवारी साधनसँग सम्बन्धित १३ सूचकका आधारमा मानी संघीय रुट र सातै प्रदेशका रुटको भाडा यथाशीघ्र समायोजन गर्न महासंघको माग छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com