२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

एमसीसीको विपक्षमा मतदान गर्ने नेकपा एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आइतबार संसद्मा पेश भएको अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनले भने, ‘हाम्रो पार्टीले संसदमा पेश भएको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । पार्टी विपक्षमा उभिने वातावरण समेत बनाउन लाग्नेछ ।’

एमसीसीकै कारण गठबन्धनको सम्बन्धमा भने भविष्यमा जे हुन्छ त्यहीँ निर्णय गरिने उनले बताए । उनले भने, ‘सरकारमा बस्ने र बाहिरिने कुरा समयले निर्धारण गर्छ ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com