२०८३ जेष्ठ २१ - Thu Jun, 2026 -

Janasewa News

एमाले अध्यक्ष ओली र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

रासस

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीबीच आज भेटवार्ता भएको छ । ओली निवास बालकोटमा आज पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओली र राजदूत बेरीबीच भेटवार्ता भएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए ।

संसद्मा अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबुल भएको र अब बस्ने संसद् बैठकमा छलफल हुने भएपछि यसबारेमा छलफल भएको बताइएको छ । अध्यक्ष ओली र राजदूत बेरीबीच भेटवार्तापछि बालुवाटार गएका ओली र प्रधानमन्त्री शेरबहादुर देउवाबीच छलफल भएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com