२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

आगामी निर्वाचनको तयारीका विषयमा सर्वदलीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी

काठमाडौं। आगामी निर्वाचनको तयारीका विषयमा छलफल गर्न बोलाइएको सर्वदलीय बैठक सुरु भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय बैठक सुरु भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा विभिन्न राजनीतिक दलका नेताहरु सहभागी छन् । बैठकमा कांग्रेस, एमाले, माओवादीलगायत १० वटा दलका नेताहरु सहभागी भएका छन् ।

निर्वाचन तयारीको विषयमा जारी छलफलमा राष्ट्रिय मान्यताप्राप्त दलका साथै निवर्तमान संसदमा प्रतिनिधित्व गर्ने थप दलका प्रतिनिधिहरू पनि सहभागी भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

छलफलमा नेपाली कांग्रेसबाट गगन थापा र प्रकाशशरण महत, नेकपा ९एमाले०बाट शंकर पोखरेल र प्रदीपकुमार ज्ञवाली, माओवादी केन्द्रबाट वर्षमान पुन र पम्फा भुसाल, एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला,राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र सोविता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव र प्रकाश अधिकारी, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्त पार्टीबाट रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल, र जनमत पार्टीबाट चन्दन सिंह सहभागी भएका छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com