२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

नसोध हावा सँग, केही नसोध बादल सँग

गजल
………

नसोध हावा सँग, केही नसोध बादल सँग !

कस्तो कहानी हुन्छ रुम जस्तो पागल सँग !

खुशी साथ मुस्कुराउन, पाएनन् ओठहरुले !

जीवनभर खेल्न पाए दुखको ओखल सँग !

काँडाहरुको सफरमा गोडा खाली थियो !

अझै अपरिचित छ, बजारको चप्पल सँग !

बचपनले छोडेको समेत ,पत्तो भएन मलाई !

लुकामारी खेलिरहन्थेँ आमाको आँचल सँग !

नयाँ महलको दाँजोमा, राख्नु हुन्थेन मलाई !

म हरेक दिन रमाउथेँ , पुरानो धरातल सँग !

             सृष्टि सावित्रा

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com