२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

महोत्सवमा नेपाली महानायक राजेश हमाल र भोजपुरी सुपरस्टार झुम्यो रौतहट

रौतहट । रौतहटको मौलापुरमा जारी मधानी महोत्सवमा नेपाली महानायक राजेश हमाल र भोजपुरी सुपरस्टार खेसरीलाल यादवसँग लाखौँ दर्शक झुमेका छन् ।

मंगलबार महोत्सवको उद्घाटन कार्यक्रममा मौलापुर आएका हमाल र यादवको प्रस्तुतीसँगै कार्यक्रम हेर्न आएका दर्शकहरु रमाएका थिए । महानायक हमालले केही नेपाली गीतहरुमा नृत्य गर्नुका साथै आफ्ना सुपरहिट फिल्मका डाइलगहरुले दर्शकको मनोरञ्जन गराएका थिए ।

त्यसैगरी यादवले दुई दर्जन बढि भोजपुरी गीतहरु गाउनुका साथै विभिन्न कलाकारहरुसँग नृत्य गरेका थिए । उनीसँगै आएकी भोजपुरी सुपरस्टार नायिका रानी चर्टजीले पनि आफ्नो प्रस्तुतीले माहोल तताएकी थिइन् । आफुले मन पराएका कलाकारहरुलाई नजिकबाट देख्दा र उनीहरुको प्रस्तुती नजिकबाट हेर्न पाउँदा दर्शकहरु निकै उत्साहित थिए ।

दर्शकहरुको भिडलाई व्यवस्थापन गर्न आयोजक , स्वयमसेवक र सुरक्षाकर्मीलाई निकैनै हम्मेहम्मे परेको थियो । दर्शकहरु कलाकारलाई अझ बढि नजिकबाट हेर्न सुरक्षाबार नाघेर स्टेज छेउमै पुगेका थिए । कतिपय दर्शकहरु त रुख तथा बाँसको टुप्पामा बसेर कार्यक्रम हेरिरहेका थिए । उनीहरुलाई सुपरस्टार यादवले बारम्बार दुर्घटनाको सम्भावना बारेमा चेतावनी दिर्दै त्यहाँबाट ओर्लन अनुरोध गरेपनि उनीहरुले अटेर गरेर पुरा कार्यक्रम त्यहीँ बसेर हेरेका थिए ।

महानायक हमालले मौलापुरमा कलाकार प्रति दर्शकहरुले देखाएको मायाले आफुहरुलाई उत्साहित बनाएको भन्दै सँधैभरी कला , संस्कृति र कलाकारितालाई यसरीनै माया गरिरहन आग्रह गरे । भोजपुरी सुपरस्टारद्धय यादव र चर्टजीले नेपाली दर्शकले आफुहरु प्रति दर्शाएको अपार माया, स्नेह , स्वागत , संत्कारले आफुहरुलाई मोहित बनाएको भन्दै नेपाल र नेपालीको मायाले मोहनी लगाएको जिकिर गरे । उनीहरुले नेपाली दर्शकले मायाले बारम्बार नेपाल आउन प्रेरित गरेको भन्दै दर्शकसँग भेट्ने अवसर जुटाइदिने आयोजक मौलापुर नगरपालिकालाई धन्यवाद दिएका छन् ।

नेकपा एमालेका स्थायी कमिटि सदस्य प्रभु साहले मौलापुर नगरपालिका वडा नम्बर ५ पतौरामा अवस्थित ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक महत्वको प्राचीन शिव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउने लक्ष्य एवं दृढसंकल्पका साथ मौलापुर नगरपालिकाको आयोजनामा तीन वर्षदेखि महोत्सव गर्दै आएको बताए । उनले महोत्सवले सो मन्दिर र स्थानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रीय स्तरमा प्रवद्धन गर्नेभन्दै लाखौँ दर्शकको सहभागिताले मौलापुरको मानसम्मान, प्रतिष्ठा, गौरव एवं गरिमामा उल्लेख्य बढोत्तरी हुने विश्वास व्यक्त गरे ।

नगर प्रमुख रिना साहले शिव रात्रीको अवसरमा गाउँघरमा गरिदै आएको मधानी यज्ञ समय क्रमसँगै लोप हुँदै गइरहेकाले सो परम्पराको जर्गेना गर्दै नयाँ पुस्तालाई यस बारेमा जानकारी दिदै यसको संरक्षण गर्न नगरपालिकाले वर्षेनी मधानी महायज्ञको आयोजना गर्दै आएको स्मरण गरिन् ।

सो कार्यक्रमको उद्घाटन नेकपा एमालेका केन्द्रीय सचिव टोप बहादुर रायमाझीले गरेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com