२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

पदाधिकारी सहित सबै कमिटी टुंगो लगाएर केन्द्रीय समितिमा पेश गर्ने प्रचण्डको तयारी

पदाधिकारी सहित सबै कमिटी टुंगो लगाएर केन्द्रीय समितिमा पेश गर्ने प्रचण्डको तयारी

जनसेवा न्युज डटकम संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पार्टी पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरो समेत टुंगो लगाएर केन्द्रीय समिति बैठकमा पेश गर्ने तयारी गरेका छन् । बुधबार बस्ने पार्टी केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरोमा बस्ने सबै नेताहरुको नाम प्रस्ताव गर्ने नेता गिरिराजमणि पोखरेलले बताए ।

‘हामी बिहान नेताहरु बसेका थियौँ । बैठकबाट पदाधिकारीसहित पार्टीको स्थायी र पोलिटब्युरो सबै टुंगो लगाउन अध्यक्षलाई अख्तियारी दिएका छौ’ रातोपाटीसँग कुरा गर्दै पोखरेलले भने, ‘भोलि बस्ने केन्द्रीय समितिमा अध्यक्ष कमरेडले पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरोमा बस्ने नेताहरुको नाम प्रस्ताव गर्नुहुन्छ । त्यही हलबाट नाम अनुमोदन हुनेछ ।’ पार्टी पदाधिकारी बनाउने भएपछि महासचिव सहित अन्य पदमा पनि जटिलता थपिएको छ ।
वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठलाई प्रस्ताव गर्ने तयारी गरिएको थियो । सोही पदमा कृष्णबहादुर महरा र मातृका यादवले इच्छा देखाएपछि थप समस्या पैदा भएको छ । चुनाव गरेपनि आफू वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा गर्न तयार रहेको यादवले बैठकमै राखेका छन् । यस्तै महराले आफू महासचिव नहुने हो भने वरिष्ठ उपाध्यक्ष हुनुपर्ने बताएका छन् ।

यस्तै महासचिवमा वर्षमान पुन र जनार्दन शर्मा प्रमुख दावेदार रहेका छन् भने पम्फा भुसाल, देव गुरुङ र शक्ति बस्नेत समेत आकांक्षी छन् ।

यसैगरी कोषाध्यक्ष र उपमहासचिवमा को–को बस्ने भन्नेमा पनि अन्योलता भएको एक नेताले बताए । सबै पदाधिकारीका इच्छुक नेताहरुसँग प्रचण्डले मंगलबार बेलुकासम्म परामर्श गरेर बुधबार बैठकमा प्रस्ताव गर्ने बताइएको छ ।

केन्द्रीय समितिबाट सर्वसम्मत रुपमा पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरो टुंगो लागेमा केन्द्रीय सदस्यको जवाफ दिएर प्रचण्डले बुधबार बैठक समापन गर्ने भएका छन् । यदि पदाधिकारी सहमति नभएमा चुनाव गर्नेसम्मको मनस्थितिमा प्रचण्ड पुगेको बताइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com