२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता दुवैका अडान यथावत

जनसेवा न्युज संवाददाता

काठमाडौँ । प्रतिनिधि सभाको अवरोध हटाउने र एमसीसी अनुमोदन गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । अध्यक्ष ओली निवास बालकोटमा शुक्रबार राति भएको छलफलमा प्रधानमन्त्री देउवाले सवैको सहमतिमा एमसीसीलाई अनुमोदन गर्न प्रस्ताव गरेका थिए । त्यसका लागि अध्यक्ष केपी ओलीले पुरानै कुरा दोहोर्याएका थिए ।

‘पहिला हामीलाई संसदमा प्रवेश गर्ने वातावरण बनाउनुस्,प्रतिनिधि सभा प्रवेश गर्ने द्वार खोजिदिनुस्’, ओलीको जवाफ उदृत गर्दै सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

छलफलमा दुई नेताबीच धेरै ठुलो संघर्ष गरेर प्राप्त गरेका लोकतन्त्र, बचाउन प्रजातान्त्रिक शक्ति एक ठाउमा आउन जरुरी रहेकोमा ओलीले जोड दिएका थिए । त्यसक्रममा प्रधानमन्त्री ओलीले अधिकतम सहमतिका साथ एमसीसी संसदबाट अनुमोदन गरेर राष्ट्रिय महत्वका विषयमा एक ठाउँ छौ भनेर सन्देश दिन जरुरी रहेको बताएका थिए ।

प्रवक्ता कार्कीले एमसीसीको विपक्षमा एमाले उभिन नसक्ने भन्दै संसदको द्वार खोल्न आआफ्ना अडान छाडेर दुई कदम अघि बढ्नुपर्ने बताए । छलफलपछि एमाले नेता तथा उपमहासचिव प्रदीप ज्ञवालीले एमाले एमसीसीमा अनिर्णित नरहने तर त्यो भन्दा अघि आफुहरुले कारवाही गरेका १४ सांसदको सुचना सभामुखले टाँस गर्नुपर्ने अडान छलफलमा पनि राखेको बताए ।

एमाले अनिर्णित रहँदैन र स्पस्ट दिशा पनि दिन्छ । तर त्यसका लागि सदनमा छलफल गर्ने वातावरण हुनुपर्यो’, ज्ञवालीको भनाइ छ ।

उनले छलफल गर्दै अघि बढ्ने सहमति भएको बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com