२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

कडा रोग लागेका महिला स्वास्थ्य स्वयंसेविकालाई राहत स्वरुप जनही ५० हजार

जनसेवा न्युज संवाददाता

खोटाङमा प्रदेश महिला स्वास्थ्य स्वयंसेविका कोषको व्याजबाट कडा रोगबाट ग्रसित भएका महिला स्वास्थ्य स्वयंसेविकालाई राहत स्वरुप प्रदान गर्ने निर्णय गरिएको छ । स्वास्थ्य कार्यालय अन्तरगत प्रदेश महिला स्वास्थ्य स्वयंसेविका कोषमा रहेको ५२ लाखको बीउ पुँजीबाट तीन वर्षमा जम्मा भएको ८ लाखबढी रकमलाई मुटु, मिर्गौला, क्यान्सर, अल्जाइमर, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी लगायतका कडा रोग लागेका महिला स्वास्थ्य स्वयंसेविकाको उपचारका लागि राहत स्वरुप प्रदान गर्ने निर्णय गरिएको हो ।

प्रदेश महिला स्वास्थ्य स्वयंसेविका कोष सञ्चालन व्यवस्थापन समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङको अध्यक्षतामा बसेको बैठकले कोषबाट जम्मा भएको व्याजलाई कडा रोग लागेका महिला स्वास्थ्य स्वयंसेविकालाई राहत स्वरुप जनही ५० हजारका दरले सहयोग उपलव्ध गराउने निर्णय गरेको हो ।

कडा रोग लागेको सम्वन्धी कागजात पेश गरेपछि तोकिएको भुक्तानी उपलव्ध गराइने प्रदेश महिला स्वास्थ्य स्वयंसेविका कोष सञ्चालन व्यवस्थापन समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङले बताए ।

यस्तै, ६० वर्ष उमेर भएपछि स्वेच्छिक अवकाश लिन चाहने महिला स्वास्थ्य स्वयंसेविकाको सम्मानजनक बिदाइका लागि जनही २० हजार प्रोत्साहन रकम प्रदान गर्ने निर्णय गरिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com