२०८१ बैशाख ११ - Tue Apr, 2024 -

Janasewa News

अबैध मोबाइल फोन रोक्नका लागि एमडिएमएस लागू व्यवसायीको आग्रह

अबैध मोबाइल फोन रोक्नका लागि एमडिएमएस लागू व्यवसायीको आग्रह

काठमाडौं । लामो समयदेखि थाती रहेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू गर्न मोबाइल व्यवसायीहरूले सरकारलाई आग्रह गरेका छन् । एमडिएमएस लागू नहुदा अबैध बाटोबाट भित्रिएका मोबाइल बढेको मोबाइल फोन व्यवसायीले बताएका छन् ।

नेपाल मोबाइल बितरक संघले आयोजना गरेको कार्यक्रममा सरकारले लामो समयदेखि एमडिएमएस लागु गर्ने भने व्यवसायीलाई झुक्याइरहेको गुनासो गर्दै व्यवसायीले तत्काल लागू नगरे अझैं खतरा आउन सक्ने बताएका हुन् ।

कार्यक्रममा मोबाइल इम्पोटर एशोसिएसनका अध्यक्ष दिपक मल्होत्राले सरकारले मोबाइल फोनलाई बिलासी वस्तुमा रुपमा राखेर गल्ती गरिरहेको बताए । उनले सरकारले विदेशी मुद्राको सञ्चितिमा चाप परेको भन्दै महंगो मोबाइल फोनको आयातमा लगाएको रोकलाई इङ्गित गर्दै भने, ‘मोबाइल फोन गाँस, बास, कपास जस्तै अत्यावश्यक वस्तु हो । महंगो वा सस्तो भनेर रोक्नु हुँदैन । हामी अन्य लक्जरियस बस्तुमा लगाएको रोकमा कम्प्रमाइन गर्न तयार छौं । तर मोबाइल फोन जनताका लागि अत्यावश्यक वस्तु हो ।’

वाणिज्य तथा आपूर्ति सचिव गणेशराज पाण्डेले सरकारले अत्यावश्यक वसतुको सहजिकरणका लागि महंगा मोबाइल फोनमा रोक लगाउनु परेकोको यसलाई अन्यथा नलिन आग्रह गरे ।

नेपाल दूरसञ्चार प्राधिकरण ९एनटिए० का अध्यक्ष पुरूषोतम खनालले एमडिएमएस पूर्ण रूपमा लागु गर्ने तयारी भइरहेको बताउँदै केही प्राविधिक तयारी बााकी रहेकाले नआत्तिन आग्रह गरे ।उनले भने, ‘कोभिडले केही समस्या पारेर केही ढिला भएको हो । हामी सक्दो चाँडो एमडिएमएस लागु गर्छौं । एनटिए यसमा प्रतिबद्ध भएर लागेको छ । यसमा झुक्याउने कुरै छैन ।’

सिस्टम लागु भए पनि पूर्ण रुपमा चोरी पैठारीका मोबाइल फोनको बिक्री बितरण रोक्न व्यवसायीले नै ख्याल गर्नुपर्ने बताए ।
कार्यक्रममा उपत्यका प्रहरी प्रमुख उत्तम सुवेदीले अपराधको सबैभन्दा ठूलो कारण इन्टरनेट र मोबाइल फोन बनिरहेको बताउँदै यसलाई व्यवस्थित गर्न अती आवश्यक भएको बताए ।

के हो एमडिएमएस :

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) मोबाइल डिभाइसको तथ्यांक राख्नका लागि प्रयोग गरिने एक अन्तर्राष्ट्रिय प्रणाली हो ।

उक्त प्रणालीमा राखिएको मोबाइल तथ्यांकले कुन मोबाइल वैध र कुन अवैध भन्ने छुट्याउन सहयोग गर्छ । जसले गर्दा मोबाइन फोनको बजारलाई व्यवस्थित गर्न सहज हुन्छ ।

प्राधिकरणका अनुसार भन्सारको वैधानिक बाटोमार्फत नेपाल भित्रिने सबै मोबाइल फोनको आइएमइआई नम्बर प्राधिकरणले एमडिएमएस प्रणालीमा राख्नेछ ।

यसबाहेक विदेशबाट उपहारमा वा किनेर ल्याइएका मोबाइलको आइएमइआई नम्बर प्रयोगकर्ता आफैँले दर्ता गराउन सक्नेछन् । त्यसबाहेकका अवैध रुपमा ल्याएर व्यापार भइरहेका मोबाइल फोन भने चल्ने छैनन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com