२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

लुकिरहेको अवस्थामा बानेश्वरबाट पक्राउ परे रञ्जन कोइराला

लुकिरहेको अवस्थामा बानेश्वरबाट पक्राउ परे रञ्जन कोइराला

काठमाडौं । सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएपछि फरार रहेका सशस्त्र प्रहरीका पूर्वडिआईजी रञ्जन कोइरालालाई बानेश्वरबाट पक्राउ गरिएको छ ।

शुक्रबार बानेश्वरस्थित एक घरमा लुकिरहेको अवस्थामा पूर्वडिआइजी कोइरालालाई पक्राउ गरिएको हो । श्रीमती हत्याको अभियोगमा जन्मकैदको सजाय खेपिरेहका कोइराला २०७७ साउन ८ गते अदालतबाट छुटेका थिए । त्यतिबेला अदालतले जन्मकैदको सजाय घटाएर साढे ८ वर्ष कैद सजाय तोकेको थियो ।

तर, बिहीबार कामु प्रधानन्यायाधीश दीपक कार्की, न्यायाधीश टंक मोक्तान र कुमार चुँडालको पूर्ण इजलासले कोइरालालाई यसअघि दिने भनिएको कैद छुट उल्ट्याएको थियो । संयुक्त इजलासले कोइरालालाई जन्मकैदकै सजाय तोकेको थियो ।

सर्वोच्चको बिहीबारको फैसलापछि कोइराला फरार रहेका थिए । तर, शुक्रबार सम्पर्कविहीन कोइराला बानेश्वरस्थित एक घरमा लुकिरहेको अवस्थामा फक्राउ परे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com