२०८३ बैशाख ४ - Fri Apr, 2026 -

Janasewa News

इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव

काठमाडौं । पाकिस्तानका विपक्षी दलहरूले इमरान सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका छन् । अविश्वासको प्रस्ताव ल्याउनमा विपक्षी दलहरूको गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम( को महत्वपूर्ण भूमिका रहेको छ ।

केही साता अघि लाहोरमा भएको मुभमेन्टको बैठकमा यसका प्रमुख मौलाना फजलुर रहमानले इमरान सरकारलाई औंल्याउँदै भनेका थिए, ‘पीडीएममा संलग्न सबै दलहरूले यो गैरकानुनी सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने निर्णय गरेका छन् । यसका लागि हामी सरकारका सबै सहयोगीहरूसँग सम्पर्क गर्नेछौं र उनीहरूलाई पाकिस्तानका जनताप्रति दया देखाउन र सरकारलाई समर्थन गर्न बन्द गर्न आग्रह गर्नेछौं ।’

पाकिस्तानको संविधान अनुसार अविश्वासको प्रस्ताव पारित गर्न साधारण बहुमत चाहिन्छ । पाकिस्तानको राष्ट्रिय सभामा ३४२ सदस्य छन् । अर्थात् अविश्वासको प्रस्ताव पारित हुनको लागि त्यसको पक्षमा १७२ मत आवश्यक पर्छ । प्रस्तावलाई १७२ सदस्यको समर्थन प्राप्त भएमा इमरान खानले सत्ता छोड्नु पर्नेछ ।

इमरानको पार्टी पीटीआईको नेशनल एसेम्बलीमा १५५ सिट छ । उनको सरकार गठबन्धनका साझेदारहरूको समर्थनमा चलिरहेको छ । यीमध्ये अधिकांश दल सेनाको नजिक रहेको विश्वास गरिन्छ ।

पाकिस्तान मुस्लिम लिग कायदे(ए(आजम (पीएमएल(क्यू) र मुत्ताहिदा क्वामी मुभमेन्ट इमरान सरकारका प्रमुख सहयोगी हुन् । यी दलहरूले सार्वजनिक रूपमा इमरान सरकारलाई पर्याप्त भागेदारी नदिएको आरोप लगाएका थिए । अब प्रतिपक्षसँग सरकारका साझेदारहरूलाई आफ्नो अदालतमा खडा गर्ने उपाय बाँकी छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com