२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

अमेरिकामा लक्षणविहीन कोभिड सङ्क्रमितले पाँच दिन मात्र ‘आइसोलेसन’ मा बसे पुग्‍ने

वासिङटन, संयुक्त राज्य अमेरिका । अमेरिकामा कोरोना भाइरसबाट सङ्क्रमित भएका व्यक्तिका लागि ‘आइसोलेसन’को समय आधा कम गरिएको छ । सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) ले सोमबार नयाँ निर्देशिका जारी गर्दै लक्षणविहीन सङ्क्रमितका लागि ‘आइसोलेसन’को समय १० दिनबाट घटाएर पाँच दिन बनाएको हो ।

पाँच दिन आइसोलेुनमा बसेपछि अरु पाँच दिन मानिसहरूको समूहमा जाँदा वा भेटघाटको क्रममा मास्क अनिवार्य रूपमा लगाउनुपर्ने सीडीसीले उल्लेख गरेको छ । नयाँ निर्देशिका बाध्यकारी नभए पनि अमेरिकाका अधिकांश व्यवसाय तथा नीति निर्माताहरूले पालन गर्ने गरेका छन् ।

सीडीसीले आफ्नो पछिल्लो निर्देशिका विज्ञानमा आधारित रहेको बताएको छ । सङ्क्रमण फैलिने सम्भावना सङ्क्रमणको सुरुआती समयमा हुने भएकाले पाँच दिन मात्रै आइसोलेसनमा बसे हुने सीडीसीको भनाइ छ । यस्तै खोप नलगाएका वा बुस्टर मात्रा नलगाएकाहरू कोरोना सङ्क्रमितसँगको सम्पर्कमा आएको अवस्थामा पाँच दिनसम्म ‘क्वारेन्टिन’मा बस्नुपर्ने र अरु पाँच दिन मास्क लगाउनु पर्ने पनि सीडीसीले उल्लेख गरेको छ । बुस्टर मात्रा लगाएकाहरूले भने क्वारेन्टिन गर्नुपर्ने छैन, तर १० दिनसम्म मास्क भने लगाउनु पर्नेछ । रासस

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com