२०८३ बैशाख ४ - Fri Apr, 2026 -

Janasewa News

राष्ट्रपति छाड्न जेलेन्स्की तयार, भन्छन्- शान्तिका लागि जे गर्न नि तयार छु

काठमाडौं । रसिया-युक्रेन युद्धलाई तीन वर्ष पुगेको सन्दर्भमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्तिका लागि आफू जुनसुकै कदम उठाउन तयार रहेको बताएका छन् । कीभमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘यदि आफ्नो राजीनामाले शान्ति ल्याउँछ वा युक्रेनलाई नेटो सदस्यता दिलाउँछ भने म पद त्याग्न तयार छु ।’

उनले भने, ‘ट्रम्प सधैंका लागि रहँदैनन्, तर रसियाबाट हुने खतरा स्थायी रहन्छ। हामीलाई यो महत्त्वपूर्ण छैन कि ट्रम्प सत्तामा रहँदासम्म पुटिनले हमला गर्दैनन्। हामीलाई यस्तो स्थायी सुरक्षा ग्यारेन्टी चाहिन्छ, जुन ट्रम्प र पुटिन दुवैको सत्ता सकिएपछि पनि कायम रहोस् ।’

जेलेन्स्कीले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई स्पष्ट सन्देश दिँदै भने, ‘हामीले अमेरिकाबाट पाएको ५०० अर्ब डलर सहायता ऋण होइन। म त १०० अर्ब डलरलाई पनि ऋण मान्दिनँ। अमेरिकाले हामीलाई सहायता दिएको हो, जुन ऋण होइन भन्नेमा बाइडेन र म सहमत थियौँ ।’

ट्रम्प आगमनले बदलेको अवस्था

ट्रम्पले गत साता जेलेन्स्कीलाई तानाशाह भनेका थिए। ट्रुथ सोसल नामक आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्दै ट्रम्पले जेलेन्स्कीलाई ‘एक सामान्य कमेडियन र बिना चुनावको तानाशाह’ बताएका थिए।

ट्रम्पले युक्रेनमा जेलेन्स्कीको लोकप्रियता घटेर मात्र ४ प्रतिशतमा पुगेको दाबी पनि गरेका थिए ।

यसबारे प्रतिक्रिया दिँदै जेलेन्स्कीले भनेका थिए, ‘ट्रम्प गलत जानकारीका आधारमा भ्रममा छन्।’

एकसाथ २६७ ड्रोन हमला

युद्धको तीन वर्ष पूरा हुनुभन्दा ठीक एक दिनअघि रसियाले युक्रेनमा एकैसाथ २६७ ड्रोन प्रहार गरेको छ। युक्रेनी वायुसेना कमान्डका प्रवक्ता यूरी इग्नातका अनुसार रसियाले यति ठूलो संख्यामा ड्रोन आक्रमण यो पहिलो पटक हो।

युक्रेनी अधिकारीहरूका अनुसार खार्किभ, पोल्टावा, सुमी, कीभ लगायत कम्तीमा १३ शहरमा ड्रोन आक्रमण भएको छ। युक्रेनी सेनाले रसियाले ३ ब्यालिस्टिक मिसाइलहरू समेत प्रहार गरेको दाबी गरेको छ ।

‘युद्ध जारी छ’

यस आक्रमणपछि युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले एक विज्ञप्ति जारी गर्दै ‘युद्ध जारी छ’ रहेको बताएका छन् । उनले अन्तर्राष्ट्रिय समुदायलाई यो क्षेत्रमा शान्ति स्थापनार्थ सहयोग गर्न आग्रह गरे।

जेलेन्स्कीका अनुसार, यो सातामा मात्र रसियाले युक्रेनमा १,१५० ड्रोन, १,४०० बम र ३५ मिसाइल प्रहार गरिसकेको छ ।

बीबीसीका अनुसार, आक्रमणका कारण धेरै भवनहरू क्षतिग्रस्त भएका छन् । इमरजेन्सी सेवाका अनुसार, हालसम्म तीन जना घाइते भएका छन्। केही रिपोर्टहरूका अनुसार खेरसोनमा दुई जनाको मृत्यु भएको छ, तर यसको आधिकारिक पुष्टि हुन बाँकी छ ।

त्यसैगरी, क्रीवी रीहमा पनि एक जनाको मृत्यु भएको छ । क्रीवी रीह युक्रेनको एक औद्योगिक सहर हो, जहाँ राष्ट्रपति जेलेन्स्की जन्मिएका थिए ।

के गर्दैछ युक्रेन ?

रसियाको आक्रमणको जवाफमा युक्रेनले पनि रसियामाथि हमला गरेको छ । रसियाको रक्षा मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै युक्रेनले २० ड्रोनमार्फत आक्रमण गरेको, तर तिनीहरूलाई सबैलाई नष्ट गरिएको दाबी गरेको छ ।

यता युक्रेनी सुरक्षा फौजले रसियाले प्रहार गरेको १३८ ड्रोन नष्ट गरेको दाबी गरेको छ। युक्रेनका अनुसार, तीमध्ये ११९ वटा डिकोय ड्रोन थिए, जसलाई वास्तविक हमला नभई दुश्मनको ध्यान भड्काउन प्रयोग गरिन्छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com