मधानी महोत्सवले नेपालको छविलाई माथि उठाएको छ : प्रभु साह
जनसेवा न्युज संवाददाता
नेपाल कम्युनिष्ट पार्टी एमालेका स्थायी कमिटी सदस्य पूर्वमन्त्री प्रभु साहले मौलापुरमा सम्पन्न मधानी महोत्सवले नेपालको छविलाई माथि उठाएको बताएका छन् । होली पर्वको अवसरमा पर्सा जिल्ला सदरमुकाम वीरगन्जमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री प्रभु साहले बर्जु घटनाले धुमिलिएको नेपालको छवि मधानी महोत्सवको सफलतासँगै सफा भएको र नेपालमा अन्तर्राष्ट्रिय कलाकारको लागि सुखद वातावरण निर्माण भएको बताए । पाँच लाख भन्दा बढीको सहभागितामा सम्पन्न मधानी महोत्सवले तराई मधेशमा पर्यटन विकास सम्भव रहेको संदेश दिएको पूर्वमन्त्री साहको भनाई छ ।
पूर्वमन्त्री साहले रौतहटको धर्तीमा दबिएको पुरातात्त्विक महादेव मन्दिर र यस क्षेत्रमा मात्रै मनाइने मधानी महायज्ञलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महोत्सव सफल रहेको जिकिर गरे । अन्तर्राष्ट्रिय स्तरका कलाकारहरुसंग प्रस्तुति दिएका स्थानीय कलाकारको हौसला बढेको र कला क्षेत्र प्रति मधेशमा आकर्षण बढाएको उनको भनाई छ ।
‘