माओवादी अध्यक्ष प्रचण्ड आज गोरखा जाँदै
जनसेवा न्युज संवाददाता
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाँदै छन् । प्रचण्डले बारपाक सुलिकोट गाउँपालिकाको भवन उद्घाटन गर्नेछन् । त्यसका लागि बिहान ११ बजे गोरखा जाने उनको सचिवालयले जनाएको छ ।