२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

मकवानपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ कुन्छालमा आज बिहानै सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा नुवाकोटको बेलकोट नगरपालिका–५ बस्ने ४२ वर्षीय दीप श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले  जानकारी दिइन् ।

वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ३९८७ नम्बरको कन्टेनर त्रिभुवन राजपथ सडक खण्डअन्तर्गतको उक्त स्थानमा अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसी दुर्घटना हुँदा श्रेष्ठको दुर्घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताइन् ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com