२०८१ बैशाख ३१ - Mon May, 2024 -

Janasewa News

राष्ट्रपति विद्यादेवीकी मितिनी मञ्जुदेवी पोखराको उपमेयरमा भारी मतकासाथ विजयी

राष्ट्रपति विद्यादेवीकी मितिनी मञ्जुदेवी पोखराको उपमेयरमा भारी मतकासाथ विजयी

कास्की । पोखरा उपमहानगरपालिकाको उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ विजयी भएकी छन् । उनी दास्र्रो कार्यकालका लागि दोहोरिएकी हुन् ।

मगलबार अबेर सम्पन्न मतगणनामा उनले गठन्धनका नेपाली काँग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई फराकिलो मतान्तरले पराजित गर्दै गुरुङ उपमेयरमा विजयी भएकी हुन् । विजयी मञ्जुदेवी राष्ट्रपति विद्यादेवी भण्डारीकी मितिनिसमेत हुन् ।

मञ्जुदेवी गुरुङले ६० हजार ५ सय ४६ मत ल्याइन् । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएकी कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ५६ हजार ६ सय ६३ मत पाएकी छन् ।

मञ्जुमाया २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि उपमेयरमा निर्वाचित भएकी थिइन् ।

उता मेयरमा भने गठबन्धनका उम्मेदवार बनेका धनराज आचार्य विजयी भएका छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com