२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

दुवाथलनको उपाधि हिमाल र हिराकुलाई

नेपालका हिमाल टमाटा र जापानकी हिराकु फुकुओका पोखरामा जारी एशिया ट्रायथलन कप तथा दक्षिण एशियन च्याम्पियनसिप अन्तर्गत भएको दुवाथलनको उपाधि जितेका छन् ।

टिभिएस अपाचेको प्रायोजन रहेको च्याम्पियनसिपको ५ किलोमिटर रनिङ्ग, २० किलोमिटर साइक्लिङ र २.५ किलोमिटर रनिङ्गको दुरी हिमालले ४५ मिनेट ५४.२९ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारे । यस्तै हिराकुले सो दुरी १ घन्टा १ मिनेट १०.६५ सेकेन्डमा पुरा गर्दै स्वर्ण कब्जा गरेकी हुन् ।

नेपाल ट्राइयाथलन संघको आयोजनामा च्याम्पियनसिपको पुरुषतर्फ मानबहादुर थापा मगर दोश्रो र बसन्त थारु तेश्रो भए । मानबहादुरले ५५ मिनेट १.०७ सेकेन्डमा र थारुले ५८ मिनेट २५.३१ सेकेन्डमा दुरी पार गरेका हुन् । यस्तै महिलातर्फ भारतकी स्नेहाल जोशीले १ घण्टा ६ मिनेट ५६.८४ सेकेन्ड र नेपालकी इन्द्रकला नेवाङ्गले १ घन्टा ७ मिनेट ३३.९४ सेकेन्डमा दुरी पार गर्दै रजत र कास्य पाए ।

विजयी खेलाडीहरुलाई गण्डकी प्रदेश सांसद एवं नेपाल ट्रायथलन संघका उपाध्यक्ष दीपक कोइराला, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव एवं नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङ, संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, खेलकुद पत्रकार केशव पाठक लगायतले पुरस्कार वितरण गरेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com