२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

बालिका सामूहिक बलात्कार आरोपमा चार जना प्रहरी नियन्त्रणमा

काठमाडौँ – एक बालिकालाई घरबाट उठाएर बाहिर लगी सामूहिक बलात्कार गरेको आरोपमा आज चार पक्राउ परेका छन् ।

सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका–१२ धर्मपुरमा यो घटना भएको हो । दुष्कर्ममा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही वडाका ४० वर्षीय कैलास भनिने टेकराज पोखरेल, २१ वर्षीय दिपेश सुवेदी, २४ वर्षीय सुदीप भुजेल र २२ वर्षीय मनोज विश्वकर्मा रहेका छन् ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पीडित बालिका र अभिभावकले लिखित जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय ठेलियाको टोलीले उनीहरूलाई पक्राउ गरिएको छ । सप्तरी प्रहरीका प्रवक्ता एवं प्रहरी नायब  उपरीक्षक नरेशकुमार सिंहले उनीहरूविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा म्याद थपका लागि सप्तरी जिल्ला अदालत पठाइएको जानकारी दिनुए ।

शुक्रबार राति कञ्चनरुप नगरपालिमा बस्ने १७ वर्षीया बालिकाको घरभित्र प्रवेश गरी चारै जनाले बलपूर्वक उठाएर गाउँकै सोमबहादुर मगरको घरमा लगी बलात्कार गरेको पीडितलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

कैलाशको आदेशमा दिपेश, सुदीप, मनोजले खुकुरी देखाउँदै धम्की दिँदै पालैपालो जबरजस्ती करणी गरी निजको छोरीलाई घरमा पुर्याएको प्रहरीको भनाइ छ । प्रवक्ता सिंहले बालिकाले घटनाबारे ३१ असारमा जानकारी गराएको थियो । रासस

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com