२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

‘म मेरो तलबबाट यम बुद्धको शालिक बनाउँछु’ : मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफ्नो तलबबाट चर्चित  र्यापर स्वर्गीय यम बुद्धको शालिक बनाउने बताएका छन् । शनिबार सोसल मिडिया फेसबूकमार्फत् मेयर साहले आफ्नो तलबबाट यम बुद्धको शालिक बनाउने बताएका हुन् ।

त्यसोत, यम बुद्धको सालिक बनाउनका लागि महानगरले १५ लाख रुपैयाँ बजेट छुट्याएको समाचार बाहिरिएको थियो । उक्त समाचारसँगै मेयर बालेनको तीब्र आलोचना हुन थालेको छ । यसैबीच मेयर बालेनले आफ्नो तलबबाट यम बुद्धको शालिक बनाउने स्पष्ट पारेका हुन् ।

मेयर बालेनले भनेका छन्, ‘म मेरो तलबबाट यम बुद्धको शालिक बनाउँछु । तपाईंहरूको दिन शुभ रहोस् ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com