२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

घट्यो सुन-चाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच?

सोमबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।

गत कारोबार दिन अर्थात् आइतबार प्रतितोला चार सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला दुई सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख एक हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख एक हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख दुई हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख एक हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा किनबेच भएको थियो।

आइतबारको तुलनामा सोमबार चाँदी प्रतितोला पाँच रुपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com