२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

हेटौंडाको तरकारी बजारमा आगलागी

हेटौंडाको तरकारी बजारमा आगलागी

मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा वडा नम्बर–१० मा रहेको तरकारी बजारमा बिहीबार आगलागी भएको छ । हेटौंडा १० स्थित टिसीएनमा रहेको तरकारी बजारमा आगलागी भएको हो । टिसिएन तरकारी बजारसँगै रहेको एक होटलबाट सल्किएको आगो तरकारी बजारमा फैलिएको मकवानपुर प्रहरीले जनाएको छ ।

तरकारी बजारमा लागेको आगो प्रहरी, दमकल र स्थानीय बासिन्दाहरूको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए । प्रहरीका अनुसार आगलागीबाट आधा दर्जन बढी तरकारी पसल जलेर नष्ट हुनुका साथै लाखौ रुपैयाँ बराबरको सामान क्षति भएको छ ।

तरकारी बजार लागेको आगो हेटौंडा उपमहानगरपालिकाको दमकल, एक्साभेटर, सशस्त्र, जनपथ प्रहरी, स्थानीयहरुको सक्रियतामा करिब एक घण्टापछि नियन्त्रणमा आएको छ । आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com