२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

प्रदेशको नाम प्रचार गर्न विद्यार्थीलाई झोला वितरण

जनकपुरधाम- मधेश सरकारले प्रदेशभरिका विद्यार्थीहरूलाई मधेश प्रदेश लेखिएकाे झोला वितरण गर्न थालेकाे छ ।

शिक्षा विकास निर्देशनालयमार्फत आठवटै जिल्लाका सामुदायिक विद्यालयका कक्षा ९ मा अध्ययनरत ८६ हजार ५२३ विद्यार्थीलाई एउटा ज्योमेट्री बक्ससहित झोला वितरण सुरु गरेको हो ।

निर्देशनालयका निर्देशक चुडामणि फुयालले मधेश प्रदेशको नामकरण भएपछि आठवटै जिल्लाको गल्लीगल्ली घरघरमा ‘मधेश प्रदेश’ नाम प्रचार, मधेश सरकारको अनुभूति तथा विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले झोला वितरण कार्यक्रम थालेको बताए ।

उनले भने, ‘मधेश प्रदेश नामकरण भएपछि सो अवसरमा केही गरेर सन्देश दिनुपर्‍यो भन्ने मधेश सरकारको सोच थियो । पछि झोला वितरण गरेर नै मधेश प्रदेशको प्रचारप्रसार उपयुक्त र विद्यार्थीलाई प्रोत्साहन हुन्छ ठानेर चालु आर्थिक वर्षका लागि सरकारले ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो, त्यही अनुसार कक्षा ९ का विद्यार्थीलाई वितरण गरिँदैछ ।’

गत फागुन २८ गतेबाट सुरु भएको झोला वितरण गर्ने काम हालसम्म सप्तरी, सिराहा, धनुषा, महोत्तरी र सर्लाही गरी पाँचवटा जिल्लाको ४६१ विद्यालयको ५६ हजार १६६ विद्यार्थीलाई झोला वितरण गरिसकिएको छ ।

निर्देशक फुयालका अनुसार सप्तरीका ८६ विद्यालयमा ९ हजार ९८१ वटा, सिरहाका ८७ विद्यालयमा १० हजार ८००, धनुषाका ९४ विद्यालयमा ११ हजार ९८३, महोत्तरीका ९७ विद्यालयमा ११ हजार ७६ वटा र सर्लाहीका ९७ विद्यालयका १२ हजार ३८९ वटा झोला वितरण गरिएको हो ।

बोलपत्र मार्फत निर्देशनालयले ज्योमेट्री बक्ससहित प्रति झोला ५८८ रुपैयाँ दरले न्यूँ आनन्द डिजाइनर कम्पनीबाट ज्योमेट्री बक्सहितको ८६ हजार ५२३ झोला ५ करोड ८ लाख ७५ हजार ५२४ मा खरिद गरेको छ । आपूर्तिकर्ता कम्पनीले नै सबै जिल्लाको सदरमुकाममा विद्यालयहरूका लागि झोला आपूर्ति गरिदिने गरेको निर्देशनालयले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com