२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

सामाजिक सञ्जालमा अभद्र टिप्पणी गर्नेविरुद्ध जस्मिनले दिइन् साइबर ब्युरोमा उजुरी

सामाजिक सञ्जालमा अभद्र टिप्पणी गर्नेविरुद्ध जस्मिनले दिइन् साइबर ब्युरोमा उजुरी

काठमाडौँ । युवा नेतृ तथा सामाजिक अभियन्ता जस्मिन ओझाले सामाजिक सञ्जालमा अभद्र टिप्पणी गर्नेहरू विरुद्ध साइबर ब्युरोमा उजुरी दिएकी छिन् । ओझालाई पल शाह प्रकरणमा नाबालिग गायिकालाई सहयोग गरेको भन्दै पल शाह समर्थकले अभद्र टिप्पणी गर्ने गरेका थिए ।

ओझाले आफूमाथि भएका गाली गलौजको स्क्रिनसटसहित साइबर ब्युरोमा उजुरी दिएकी हुन् । उनले अदालतमा विचाराधिन रहेको मुद्दामा टिप्पणी गर्नु श्रेयस्कर नहुने भन्दै चुपचाप बसिरहेको समयमा पल शाह समर्थकले अचाक्ली गाली गलौज र भद्दा टिप्पणी गरेको पाएपछि साइबर ब्युरोको शरणमा जान बाध्य भएको बताएकी हुन् ।

‘पीडितलाई सहयोग गर्यो भनेर म विरुद्ध जसरी लाञ्छना र घृणा फैलाइँदैछ त्यो सह्य छैन । मुद्धा अहिले पनि अदालतमा विचाराधीन रहेकाले धेरै कुरा बोल्न मिल्दैन । समय आएपछि सबै यथार्थ र स–प्रमाण बाहिर ल्याउनेछु । अहिले सामाजिक सञ्जालमा मेरो चरित्रहत्या गर्ने काम जस जसले गर्दैछ त्यसले यसको जवाफ दिनैपर्छ’उनले इकागजसँग उजुरी दिएको पुष्टि गर्दै भनिन् ।

ओझाले आफूलाई नाबालिगले सम्पर्क गरेर पल शाहविरुद्ध कानुनी लडाइँका लागि सहयोग गर्न आग्रह गरेपछि उनलाई कानुनको विद्यार्थी भएको नाताले सहयोग गरेको तर अहिले नाबालिगले बयान फेरेकाले आफूलाई निशाना बनाइएको बताइन् ।

‘नाबालिगले सहयोग गर्न भनेकाले कानुनसम्म पुर्याउन साथ दिएकी हुँ । तर नाबालिगले जसरी बयान फेरेर मलाई दोष दिने काम गरेकी छिन् र उनको एकतर्फी कुरा पत्याएर मलाई आक्रमण गरिएको छ, यसको जवाफ उपयुक्त समयमा दिनेछु,’ उनले भनिन्, ‘ मुद्दा अदालतमा चलिरहेकाले यो विषयमा धेरै बोल्नु उपयुक्त हुँदैन । म समर्थक वा आलोचकलाई त्यतिन्जेलसम्म धैर्य धारण गर्न आग्रह गर्छु । मेरो भूमिकाको बारेमा म सम्बन्धित पक्षलाई चाहेको समयमा प्रमाण उपलब्ध गराउन तयार छु ।

ओझाले नाबालिगको आग्रहमा नै आफूले उनलाई कानुनी प्रक्रियामा जान मद्दत गरेको र यसका अनेक प्रमाण आफूसँग रहेको र ती प्रमाण उपयुक्त समयमा सार्वजनिक गर्ने बताएकी छिन् ।

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com