मध्यपुर थिमि : मा पत्रकार प्रजापतिको स्वतन्त्र उम्मेदवारी
मध्यपुर थिमि : मा पत्रकार प्रजापतिको स्वतन्त्र उम्मेदवारी
भक्तपुर । मध्यपुर थिमि वडा नं: १ मा पत्रकार महासंघ भक्तपुरका अध्यक्ष्य जगत कृष्ण श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
मध्यपुर नगरपालिका वडा नं: १ साविक लोकन्थली गाविसको वडा नं: ४ क्षेत्रलाई राजनीतिक दलहरु उपेक्षा गरेको भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिएको बताए ।
उनले यस क्षेत्रका मतदाताहरुको अपमान भएको महशुस गरेर आफूले उम्मेदवारी दिएको बताए । आफूलाई वडाबासीले साथ दिने र एउटा सक्षम व्यक्तिलाई मत दिने विश्वास उनले विश्वास गरे ।
निर्वाचन कार्यालयले चुनाव चिन्ह प्रदान गरेपछि वडावासीको घरदैलोमा जाने उनले बताए ।