२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

प्रधानमन्त्रीलाई गगन थापाको प्रश्न : आर्थिक स्थिति गम्भीर छ, सरकारको योजना के छ ?

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगन थापाले मुलुकको अर्थतन्त्र, बजेट खर्च र राजस्व सङ्कलनको सन्दर्भमा प्रश्न उठाएका छन् । आइतबार प्रतिनिधिसभामा जारी प्रधानमन्त्रीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तरका क्रममा सांसद थापाले आर्थिक वर्षको ७ महिनामा सरकारको खर्च र राजस्व सङ्कलनको स्थितिमाथि गम्भीर ध्यानाकर्षण गराए ।

‘आर्थिक वर्षको ७ महिना बितिसक्दा समेत लक्षित राजस्वको ४० प्रतिशत उठ्न सकेको छैन । खर्च पनि ३५ प्रतिशत कट्न सकेको छैन । यस्तो अवस्थामा ४–५ महिनामा बाँकी राजस्व उठ्ने र तोकिएको खर्च हुने त्यस्तो के आधार छ ?’ प्रधानमन्त्रीलाई थप प्रश्न गर्दै सांसद थापाले भने, ‘बाँकी समयमा तोकिएको खर्च र राजस्व उठ्ने गरी प्रभावकारी काम गर्ने त्यस्तो खास योजना सरकारले के ल्याउँदै छ ? यदि छ भने के छ ? र छैन भने किन छैन ?’

यसअघि पनि दुई–दुई पटक सरकारको नेतृत्व गरिसकेको अनुभव भएकाले प्रधानमन्त्रीलाई यो वा त्यो निहुँ गरेर भाग्ने छुट नभएको उनले बताए ।

‘मुलुकको आर्थिक स्थिति गम्भीर छ । वित्तीय स्थिति शिथिल छ । विप्रेषण आप्रवाह (रेमिट्यान्स) बढ्ने बाहेक अन्य आय स्रोत बढेको छैन । र पनि सरकार भनिरहेको रेमिट्यान्स बढ्यो । खास रेमिट्यान्स बढ्नुमा के कारण छ ? जुन सरकारले बारम्बार भनिरहेको छ ।’

अर्थतन्त्रको सुधारका खातिर सरकारले खास काम गर्न नसकेको भन्दै सांसद थापाले अर्थ मन्त्रालय र अर्थमन्त्रीले के गरिरहेको छ सोबारे प्रधानमन्त्रीले चासो दिनुपर्ने बताए ।

‘कि त अर्थ मन्त्रालय प्रधानमन्त्रीको कार्य क्षेत्रभित्र पर्दैन भन्नुपर्‍यो, होइन भने के भइरहेको छ, मन्त्रालयले अर्थतन्त्र सुधारमा के कस्तो गतिविधि काम गरिरहेको छ, प्रधानमन्त्रीले बुझ्नुपर्‍यो । के अर्थतन्त्रको जिम्मेवार अर्थमन्त्री नै हो भनेर प्रधानमन्त्रीज्यूले फ्री छाड्नु भएको हो ?’ उनले प्रश्न गरे ।

जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र सुधारका लागि राजस्व र खर्च वृद्धिका लागि सरकार गम्भीर भएर लागिरहेको बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com