२०८१ बैशाख ४ - Tue Apr, 2024 -

Janasewa News

मुस्लिमलाई निशाना बनाउदै भारतीय सुरक्षा फौज

मुस्लिमलाई निशाना बनाउदै भारतीय सुरक्षा फौज

एजेन्सी । भारतमा पैगम्बर मोहम्मदको बारेमा अपमानजनक टिप्पणीको कारण उत्पन्न दंगामा संलग्न रहेको आरोप लगाउँदै सुरक्षाकर्मीले केही मुस्लिम व्यक्तित्वहरूको घर ध्वस्त पारेको छ । सत्तारुढ भाजपाका दुई प्रमुख सदस्यहरूले इस्लाम विरोधी टिप्पणी गरेपछि मुस्लिमहरूले विरोध प्रदर्शन गरिरहेका छन् । आन्दोलनमा संलग्न तीन सयभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ ।

भाजपा प्रवक्ता नुपुर शर्माले एक टिभी बहसको क्रममा मोहम्मदका बारेमा अपमानजनक टिप्पणी गरेकी थिइन् । उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले गत हप्ता त्यहाँ दंगामा संलग्न भएका आरोपितको कुनै पनि अवैध प्रतिष्ठान र घरहरू भत्काउने आदेश दिएका थिए ।

उत्तर प्रदेशका घर मालिकहरूलाई पहिले नै आफ्नो घर खाली गर्न भनिएको थियो । हिन्दुस्तान टाइम्सका अनुसार प्रहरीले स्थानीय राजनीतिज्ञ जावेद अहमदको पनि घर भत्काएको छ । उनकी छोरी अफरीन फातिमा एक प्रख्यात मुस्लिम अधिकारकर्मी हुन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com