२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

नेपालमा थप २ जनामा कोरोना पुष्टि, १६ जना निको भए

नेपालमा थप २ जनामा कोरोना पुष्टि, १६ जना निको भए

काठमाडौं । नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार २५४ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा थप २ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार १२७ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा २ जना र १ सय २७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार १९८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा मुलुकभर १६ संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या ९ लाख ६६ हजार ८८९ पुगेको छ । पछिल्लो २४ घण्टामा पनि कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा १ सय ५० जना संक्रमितहरु आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com