२०८१ बैशाख ११ - Tue Apr, 2024 -

Janasewa News

दुई तहको संघीय संरचना बनाउनुपर्छ : देव गुरुङ

दुई तहको संघीय संरचना बनाउनुपर्छ : देव गुरुङ

जनसेवा न्युज डटकम संवाददाता

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देव गुरुङले दुई तहको संघीय संरचना बनाउनुपर्ने बताएका छन् । मंगलवार ‘संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन सम्बन्धी संसदीय विशेष समिति’ले सिंहदरबारमा आयोजना गरेको ‘संघीयता कार्यान्वयनको अवस्था, चुनौती र अबको बाटो’ विषयक छलफल कार्यक्रममा बोल्दै प्रमुख सचेतक गुरुङले दुई तहको संघीय संरचना बनाउनुपर्ने बताए ।

उनले तीन तहको संरचना बनाएर एकात्मक प्रणालीको प्रशासनिक इकाईको रुपमा प्रयोग गर्न खोजिएको बताए । उनले साँचो अर्थको संघीयता दुई तहको हुने भन्दै स्थानीय तह प्रदेशको मातहतमा रहनेगरी सञ्चालन गर्नुपर्ने बताए । सोही अनुरुपको क्षेत्राधिकारहरुको बाँडफाँड हुनु जरुरी रहेको उनको भनाइ छ ।
यस्तै माओवादी केन्द्रका नेता तथा राष्ट्रिय सभाका पूर्वसांसद रामनारायण विडारीले माथिल्लो तहका कर्मचारीहरुमा संघीयताप्रति नकारात्मक सोच रहेको बताए । उनले माथिल्लो तहमा रहेका कर्मचारीहरु तथा अधिकारीहरुलाई संघीयता कार्यान्वयनको विषयमा प्रशिक्षण दिनुपर्ने बताए । उनले नेपालको संघीयता प्रदेशहरूका कारण असफल हुनसक्ने तर्क गरे ।

यस्तै माओवादी केन्द्रका नेता तथा पूर्वसांसद दिनानाथ शर्माले सिंहदरबार संघीयताको पक्षमा नरहेको उल्लेख गर्दै सिंहदरबारलाई संघीयताको पक्षमा रुपान्तरित गर्नुपर्ने बताए । उनले संविधान अनुरुप प्रशासनिक र न्याय क्षेत्रको पूनःसंरचना हुन नसक्दा संघीयता कार्यान्वयनमा समस्या पैदा भएको बताए ।

त्यसैगरी माओवादी केन्द्रकी सांसद रेखा शर्माले संघीयता कार्यान्वयनको पक्ष फितलो भएको बताइन् । उनले संघ, प्रदेश र स्थानीय तिनै तहका मानिसहरुको एकात्मक मानसिकता रहेको उल्लेख गरिन् । उनले संविधान अनुरुपको कानून बनाउँदा संघले प्रदेश र स्थानीय तहलाई अधिकार दिन नचाहने र प्रदेशले स्थानीय तहलाई अधिकार दिन नचाहने समस्या देखिएको बताइन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com