२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

आठ दलको सहमति राष्ट्रिय सहमतिकै प्रारूप होस् : प्रधानमन्त्री

आठ दलको सहमति राष्ट्रिय सहमतिकै प्रारूप होस् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल  प्रचण्डुले शुक्रबार संसद्‍मा प्रतिनिधित्व गर्ने आठ दलबीच भएको सहमति राष्ट्रिय सहमतिकै प्रारूप भएको बताएका छन् ।

शनिबार दिउँसो बालुवाटारमा महेन्द्रनारायण निधिको १०१ औँ जन्मजयन्तीको अवसरमा आयोजित ‘समसामयिक नेपाली राजनीति र निधिजीको विचार’ विषयक विचार गोष्ठीमा बोल्दै प्रधानमन्त्री दाहालले उक्त कुरा बताएका हुन् ।

विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘हिजो संसद्‍का आठ दलबीच जुन सहमति भएको छ, त्यो ऐतिहासिक छ। त्यो राष्ट्रिय सहमतिकै प्रारूप हो । संसद्को सबैभन्दा ठूलो दलबाट राष्ट्रपति निर्वाचित हुन्छ । दोस्रो ठूलो दलको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष छ । तेस्रो दलको प्रधानमन्त्री छ । संसद्‍का अरू दलहरूबीच पनि समझदारीका साथ अगाडि बढेका छौँ । यो प्रक्रियाबाट हामी कोही पनि बाहिर छैनौँ, यो एकप्रकारले राष्ट्रिय सहमति नै हो ।’

प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा निर्वाचित भएपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र, राष्ट्रको हित प्रतिकूल हुने गरी कहीँ पनि सम्झौता नगर्ने विश्वास समेत व्यक्त गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com