काठमाडौं महानगरको उप–प्रमुखमा सुनिताको फराकिलो अग्रता
काठमाडौं महानगरको उप–प्रमुखमा सुनिताको फराकिलो अग्रता
काठमाडौँ । माठमाडौँ महानगरपालिकाको उप–प्रमुख पदमा सुनिता डंगोल फराकिलो मतले अग्रस्थानमा रहेकी छन् । नेकपा एमालेको सूर्य चुनावचिह्न लिएर उम्मेदवारी दिएकी डंगोलले यो समाचार तयार पार्दासम्म २ हजार मत ल्याइसकेकी छन् ।
डंगोलका अन्य प्रतिस्पर्धी रामेश्वर श्रेष्ठ र विनिता मगैयाले क्रमशः ५८० र ५१३ मत लिएका छन् । डंगोल भने फराकिलो मतान्तरले अग्रस्थानमा रहेकी छन् ।
यस्तै प्रमुख पदमा बालेन्द्र साह (बालेन) अग्रस्थानमा छन् । अहिले सम्म स्वतन्त्र उम्मेदवार बालेनले २ हजार ६०१ मत पाएका छन् । उनका प्रतिस्पर्धी केश स्थापित र सृजना श्रेष्ठले क्रमशः १ हजार ४२७ र १ हजार ३५९ मत लिएका छन् ।