२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

सर्वाधिक मत र मतान्तरमा एमालेकी सुनिता डंगोलको दोहोरो रेकर्ड

सर्वाधिक मत र मतान्तरमा एमालेकी सुनिता डंगोलको दोहोरो रेकर्ड

काठमाडौं । देशभरका ७५३ स्थानीय तहमध्ये ७५१ वटाको मतपरिणाम सार्वजनिक हुँदा देशको राजधानी काठमाडौं महानगरपालिकाको उपमेयर सुनिता डंगोलले दोहोरो किर्तिमान कायम गरेकी छन् ।

डंगोलले देशभरमा सबैभन्दा धेरै मत पाएर जित्ने उम्मेदवारका रेकर्ड बनाउँदा सबैभन्दा धेरै मतान्तरले जित्ने रकेर्ड पनि आफ्नै नाममा राख्न सफल भइन् । नेकपा एमालेकी उम्मेदवार डंगोलले कुल ६८ हजार ६ सय १२ मत प्राप्त गरेर बिजयी भएकी हुन् ।

खसेको कुल १ लाख ९० हजारमध्ये सदर मतको ५३ प्रतिशतभन्दा बढी मत प्राप्त गरेर सुनिता डंगोल बिजयी हुँदा उनका निकटतम प्रतिद्धन्द्धी गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत प्राप्त गरे । उनीहरुबीचको मतान्तर ४४ हजार ८०६ रहेको छ । यो मतान्तर आजसम्मकै सर्वाधिक हो ।

डंगोलपछि सर्वाधिक मतान्तरको रेकर्ड काठमाडौंका मेयर बालेन्द्र साहले कायम गरेका छन् । उनले २३ हजार ४२६ मतान्तरले जितेका छन् । त्यसपछिको रेकर्ड वीरगन्जका मेयर राजेशमान सिंहले राखेका छन् ।उनको मतान्तर २२हजार ५४४ छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com