२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

मुगुका तत्कालीन गाविस सचिवसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मुगुको साविक रारा गाविसका तत्कालीन सचिव पदमबहादुर भण्डारीसहित चारजना विरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । बुधवार ३ जना पूर्व गाविस सचिव र सहायक लेखापाल बिरुद्ध मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले रातोपाटीलाई बताए ।

आर्थिक वर्ष २०७१–०७२ र २०७२–०७३ मा रारा गाविसमा निकाशा भएको सामाजिक सुरक्षा भत्ता र बाल पोषण भत्ता बापतको रकम किर्ते कागजात बनाएर भ्रंष्टाचार भएको आयोगको ठहर छ ।

आयोगले तत्कालीन गाविस सचिव पदमबहादुर भण्डारीले आ।ब। २०७१–०७२ मा ७ लाख ६० हजार भ्रष्टाचार गरेको ठहर गरेको छ । गाविस सचिव तीर्थराज शाहीले २०७२ साल श्रावणदेखि कात्तिकसम्मको एक चौमासिक अवधिसम्म कार्यरत रहदाँ १६ हजार हिनामिना गरेको आयोगको अनुसन्धानबाट थाहा भएको छ ।

गाविस सचिव नव गिरी र सहायक लेखापाल हस्तबहादुर शाहीले मिति २०७२ साल मंसिरदेखि ०७३ साल असारसम्मको दुई चौमासिक अवधिमा ३६ हजार भ्रष्टाचार गरेको आयोगको निष्कर्ष छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com