महोत्तरी पुगेर मन्त्री झाँक्रीले पुरातात्विक महत्वको लक्ष्मीसागर तलाउको अवलोकन गरिन्
काठमाण्डौँ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आज महोत्तरीको धार्मिकस्थल मटिहानीका देवस्थलको दर्शन र पूजा, आराधना एवं अवलोकनपछि मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलसहितका जनप्रतिनिधि र सञ्चारकर्मीसँग मन्त्री झाँक्रीले स्थानीयतहको प्रयत्नमा सङ्घीय सरकारको साथ रहने उल्लेख गरिन् ।
मन्त्री झाँक्रीले मटिहानी–७ स्थित श्री लक्ष्मीनारायण मठको अवलोकन गर्न सँगै भगवान लक्ष्मीनारायणको दर्शन र पूजा, आराधना गरिन् । मटिहानी भ्रमणका क्रममा मन्त्री झाँक्रीले अति पुरानो पुरातात्विक महत्वको लक्ष्मीसागर तलाउको अवलोकन गरिन् ।