२०८१ बैशाख २७ - Thu May, 2024 -

Janasewa News

कर्णाली उत्सव’को तेस्रो संस्करण यही फागुन २७ देखि २९ गतेसम्म सञ्चालन

रासस

‘कर्णाली उत्सव’को तेस्रो संस्करण यही फागुन २७ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । ‘कुडा कर्नाली’का भन्ने मूल नाराका साथ हरेक वर्ष फागुनमा सञ्चालन हुँदै आएको उत्सवको तेस्रो संस्करणमा कर्णालीसम्बन्धी र राष्ट्रिय विषयवस्तुमा बहस हुने आयोजक ऋति फाउण्डेसनले जनाएको छ ।

फाउण्डेसनले कर्णाली प्रदेश सरकार, वीरेन्द्रनगर नगरपालिका तथा विभिन्न सङ्घसंस्था तथा व्यावसायिक प्रतिष्ठानको साझेदारीमा ‘कर्णाली उत्सव’ आयोजना गर्दै आएको छ । यसअघि फागुन १७ देखि १९ गतेसम्म तय गरिएको कार्यक्रम कोभिड–१९ को कारण केही समयपछि सारिएको हो ।

‘कर्णाली उत्सव, कुडा कर्णालीका’ का संयोजक तथा ऋति फाउण्डेसन अध्यक्ष कमलराज लम्सालले तीन दिनसम्म सञ्चालन हुने उत्सवमा ११ सत्रमा विभिन्न विषयवस्तुमा बहस हुने जानकारी दिए । उत्सवमा कविता, गजल, सांस्कृतिक प्रस्तुतिका साथै पुस्तक विमोचनको समेत कार्यक्रम रहेको छ ।

विभिन्न माध्यमबाट कर्णालीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने चारभन्दा बढी कर्णालीवासीका ९कर्णालीका हिरो अर्थात् खस भाषामा पैकेलो० सफलता तथा सङ्घर्षका कथाहरु प्रस्तुत गरिनेछ । उत्सवको प्रारम्भमा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा।जगमान गुरुङले ‘खस भाषाको लहरो’ शीर्षकमा विद्वत प्रवचन दिनेछन् ।

आयोजकका अनुसार ‘सङ्घीयताको सङ्घर्ष’ विषयक सत्रमा विभिन्न वक्ताले बहस गर्नेछन् । सङ्घीयताका कारण प्रदेश तथा स्थानीय तहले पाएका अधिकार र कार्यान्वयनका जटिलताका साथै अधिकार प्राप्तिका लागि भएको सङ्घर्षबारे बहस हुनेछ । कर्णालीका गाउँगाउँमा गुनगुनाइने लोक भाकाको विषयमा ‘कर्णाली भेरी सुसेल्दोछ’ सत्रमा बहस हुनेछ । कर्णालीका लोकलयमा गीत–सङ्गीत लेखन तथा निर्माणमा संलग्न गायक तथा सङ्गीतकार यस सत्रमा उपस्थिति रहनेछ । कर्णाली उत्सवको अर्को विषय हो, ‘बजार विकास, हजार निकास’ । कर्णालीमा बजारलाई कसरी स्वतन्त्र बनाउन सकिन्छ रु भन्ने विषयमा यय सत्रमा बहस हुनेछ । बजारको विकासबाट आउने हजार निकासको विषयमा सत्र केन्द्रित हुने बताइएको छ ।

निजी क्षेत्र तथा कर्णालीमा निजी क्षेत्रको लगानीका विषयमा ‘लगानीमा लगाम’विषयमा बहस हुनेछ । कर्णाली प्रदेशबाट राष्ट्रियस्तरसम्म पुगेर राजनीति गर्न कति सजिलो छ रु शक्ति केन्द्रसम्म पुग्दाको सङ्घर्ष कस्तो छ रु राजनीतिक संस्कार र कर्णालीको समग्र विकासका लागि योगदान के हुनसक्छ भन्ने विषयमा बहस हुनेछ ‘राजनीतिको खलङ्गा’ शीर्षकको सत्रमा ।

कर्णालीमा विद्युतीकरण र ग्रामीण विद्युतीकरणका विषयमा ‘झरो उजेलोको खरो’ सत्रमा बहस हुनेछ । कर्णालीमा विद्युत् पुर्याउनका लागि आवश्यक कार्यसम्पादनका विषयमा यो सत्र केन्द्रित हुनेछ । परम्परागत आरनदेखि वैज्ञानिक आविस्कार तथा अन्वेषणसम्बन्धी बहस, मिडियामा आउने सूचना र नागरिकमा पर्ने भ्रमसम्बन्धी बहस ‘रैबार र रैला’ शीर्षकमा हुनेछ ।

नेपालका विभिन्न राजनीतिक दलहरुले अङ्गीकार गर्ने राजनीतिक सिद्धान्त ९वाद० को सान्दर्भिकता के छ रु सिद्धान्तलाई व्यवहारमा कसरी ढाल्न सकिन्छ रु समृद्धिको सिद्धान्त के हो रु भन्ने विषयमा ‘वाद, विवाद र संवाद’ सत्रमा हुनेछ । ‘कर्णाली भेरी तिरैतिर स् भविष्यको पीर’ सत्रमा कर्णाली र जलवायु परिवर्तनको तथा विपद्सम्बन्धी बहस हुनेछ । उत्सवको अन्तिममा कर्णाली चिन्तन ९दिगो विकास र कर्णाली० सत्र छ, जहाँ दिगो विकास र कर्णाली विषयमा लिखित मन्तव्यसहितको प्रवचन दिने कार्यक्रम रहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com