२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

देशमा सुशासन नरहेको शेखर कोइरालाको दाबी

देशमा सुशासन नरहेको शेखर कोइरालाको दाबी

जनसेवा न्युज डटकम संवाददाता

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले देशमा सुशासन नरहेको दाबी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित डा। दीपकप्रकाश बाँस्कोटाद्वारा लिखित निष्‍ठाको यात्रा नामक कृतिको लोकार्पण एवं वैदिक नेपालको भविष्य नामक समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

नेता कोईरालाले नेपाललाई श्रीलंका नबनाउने हो भने देशमा दण्डहीनताको अन्त्य, भ्रष्टाचार निर्मुल र सुशासन दिन सक्नुपर्ने बताए । उनले अहिलेका राजनीति कर्मीहरु जनताबाट धेरै टाढा भइसकेको बताए । उनले राजनीतिक गर्नेहरुले जनतासँग जोडिन आवश्यक रहेको बताए । नेता कोईरालाले जनतासँग जोडिन कञ्जुस्याई गर्दा जनताले राजनीतिको फाइदा लिन नसक्ने जिकिर गरे ।

नेता कोईरालाले अहिले देशको परिस्थिति अफ्ठ्यारो रहेको भन्दै सरकारको अहिलेको गति र काम गर्ने शैली सही नभएको बताए । आलस्य गरेर सत्ता सञ्चालन गर्दा देशको स्थिति कहीँको नरहने बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com