२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

भरतपुरमा मतान्तर बढाउँदै रेनु दाहाल, १४ सय मतको अग्रता जित सुनिश्चित

भरतपुरमा मतान्तर बढाउँदै रेनु दाहाल, १४ सय मतको अग्रता जित सुनिश्चित

चितवन । भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवारको मन्तान्तर बढ्दै गएको छ । गठबन्धनबाट प्रमुख पदका उम्मेदवार बन्नुभएकी नेकपा (माओवादी केन्द्र) का रेनु दाहाल र नेकपा ९एमाले०का विजय सुवेदीबीचको मतान्तर एक हजार ३९३ पुगेको छ ।

दाहाल ९ हजार ५४२ मतका साथ अग्रस्थानमा हुनुहुन्छ भने सुवेदी ८ हजार ८७ मतका साथ पछ्याइरहनुभएको छ । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल ४ हजार ३१५ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ । उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार ३८२ र राप्रपाका हिमला गुरुङले ६ हजार ५९३ मत प्राप्त गर्नुभएको छ ।

हाल भरतपुर महानगरपालिका–६ को मतगणना जारी छ । वडाध्यक्षमा गठबन्धनका तर्फबाट कांग्रेसका कृष्णलाल श्रेष्ठ दुई हजार ६१ मत र नेकपा ९एमाले०का डोलनारायण अधिकारीले एक हजार ७६१ मत प्राप्त गर्नुभएको छ । यसअघि महानगरको वडा नं १, २, ४ र ५ को वडाध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार निर्वाचित हुनुभएको छ भने वडा नं ३ मा एमालेका वडाध्यक्ष निर्वाचित हुनुभएको छ ।

भरतपुर महानगर पालिकामा १ लाख २७ हजार ८३९ मत खसेको छ ।

यस्तै जिल्लाको माडीको प्रमुखमा एमालेले जित हासिल गरेको छ । इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकामा एमाले एवं रत्ननगर, खैरहनी र राप्ती नगरपालिकामा पाँचदलीय गठबन्धनको अग्रता कायम छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com