महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको पाँचौँ दिनको बयान
महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको पाँचौँ दिनको बयान
महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराले पाँचौँ पटक बयान दिएका छन् । मंगलबार महाभियोग सिफारिस समिति समक्ष सिंहदरबारमा बयान दिएका छन् । कूल ४३ प्रश्नमध्ये मंगलबार उनलाई प्रश्न नम्बर ३६ देखिका प्रश्न सोधिएको थियो ।
बयान दिन कालो टीका लगाएर आएका राणाले समितिले गरेको प्रश्नमा उल्टै प्रतिप्रश्न समेत गरेका छन् । बैठकमा समिति सभापति रामबहादुर विष्टले उनलाई अघिल्लो दिन सोधिएको प्रश्न नम्बर २५ को जवाफ अस्पष्ट भएकोले त्यसको जवाफ स्पष्ट पार्न आग्रह गरेका थिए ।
सर्वोच्च अदालतको नयाँ भवन बनाउने विषयसँग सम्बन्धित रहेको सो प्रश्नमा अघिल्लो दिन राणाले तत्कालीन प्रधानमन्त्री केपी ओली र तत्कालीन अर्थमन्त्री विष्णु पौडेललाई समेत भ्रष्टाचारमा मुछे भनेर मिडियामा आएको समाचारमाथि उनले प्रष्ट पारेका थिए ।