२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

अफगानिस्तानलाई मानवीय सहायतास्वरुप ३ करोड २० लाख अमेरिकी डलर प्राप्त

एजेन्सी । अफगानिस्तानले मंगलबार मानवीय सहायतास्वरुप ३ करोड २० लाख अमेरिकी डलर बराबरको सहायता प्राप्त गरेको छ ।

अफगानिस्तानको केन्द्रीय बैंकले मंगलबार सो जानकारी दिएको छ । अफगानिस्तानमा तालिबानी शासन सुरु भएपछि यहाँ विदेशी दाता संस्था तथा देशहरुले सहयोग गरिरहेका छन् ।

अफगानिस्तानलाई खाद्यान्न औषधि तथा अन्य आवश्यक सहयोग जारी रहेको र मंगलबार मात्र ३ करोड २० लाख अमेरिकी डलर बराबरको रकम सहयोग प्राप्त भएको सो बैंकले जानकारी दिएको छ ।

अफगानिस्तानका लागि विभिन्न देश र संस्थाहरुले सहयोग गरिरहेकामा मंगलबार पनि सो सहयोग आएको यहाँको केन्द्रीय बैंक एक विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको छ । सो बैंकले उक्त सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै सहयोगका लागि आग्रह गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com