२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

चितवन । नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२ आँपटारीका जीवन पौडेल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार सोही ठाउँकी छ, वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३६ वर्षीय पौडेललाई शनिबार पक्राउ गरिएको हो ।

पौडेललाई जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । नाबालिकाकी आमाले आज जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी निवेदन दिएका हुन् ।

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले पौडेल भरतपुर महानगरपालिकाअन्तर्गत वडा नं २९ मा सबइञ्जिनीयर पदमा कार्यरत रहेको जानकारी दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com