२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

सत्तारुढ गठबन्धनले ७ प्रदेशमा संयुक्त भेला गर्ने

सत्तारुढ गठबन्धनले ७ प्रदेशमा संयुक्त भेला गर्ने

२९ असोज, काठमाडौं । सत्तारुढ गठबन्धनले देशका सातै प्रदेशमा संयुक्त भेला गर्ने भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको बैठकले प्रदेशस्तरीय भेला गर्ने निर्णय गरेको हो ।

कात्तिक ४ गते पोखरामा हुने संयुक्त भेलाको समन्वय नेकपा एकीकृत समाजवादीले गर्ने छ । यस्तै ४ गते नै बुटवलमा, ५ गते विराटनगर र जनकपुरमा तथा ६ गते सुर्खेतमा हुने भेलाको नेपाली कांग्रेसले समन्वय गर्ने छ ।

६ गते धनगढीमा र ७ गते काठमाडौंमा हुने प्रदेशस्तरीय संयुक्त भेलाको समन्वय गर्ने जिम्मेवारी भने नेकपा माओवादी केन्द्रले पाएको छ ।

यस्तै गठबन्धनको बैठकले केन्द्र, प्रदेश र जिल्लामा निर्वाचन परिचालन समन्वय समिति गठन गर्ने निर्णय पनि गरेको ४ दलका शीर्ष नेताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com